Logo (2)

                                       Inspiring Insight

Blog, Nepali Blog

कोरोना महामारीमा मनोवैज्ञानिक त्रास हटाउन विद्यार्थीको भूमिका

Share on facebook
Share on twitter
Share on email
Share on whatsapp

SHARE NOW

COVID 19 Featured Image

“जब हामी समाजिक संजालमा कुनै पनि सूचना भेट्छौँ, त्यसलाई स्विकार्न वा अरुसमक्ष पेस गर्नु भन्दा पहिला हामीले ‘६’क मा ध्यान दिनुपर्ने जरुरी हुन्छ । त्यो सुचना के हो, कसले बनायो, कहिले बनायो, कहाँ बनायो, किन बनायो र कसरी बनायो ।”

परिचय

सन २०१९ को डिसेम्बर मा चिनको वुहान शहरमा कोरोना भाईरसको पहिलो सन्क्रमण पुष्टी भएयता कोविड्-१९ वर्तमान पुस्ताले अनुभव गरेको सर्बाधिक बिकराल विश्वव्यापी माहामारी बनेको छ  । श्वासप्रश्वास प्रणालिबाट सजिलैसँग सर्न सक्ने यो रोगको सन्क्रमण दर दिनानुदिन बढ्दै जानु र यसको बिरुद्धको खोपको भरपर्दो कुनै टिप्पणी आइनसक्नुले हरेक मानव समुदायमा मनोवैज्ञानीक त्रास व्यप्त छ । कतिपय मनोवैज्ञानीक त्रास स्वभाविक हुन्छन भने कतिपय अवस्थामा गलत अफवाह र आन्धविश्वासका कारण मनोवैज्ञानीक त्रास पैदा भएको देखिन्छ । यस्तो अवस्थामा सही र गलत छुट्याउन सक्ने, अनि प्रामाणिक तथ्याङ्कका आधारमा आफ्नो विचार राख्ने शिक्षित एवम् विवेकशिल विद्यार्थीको भूमिका व्यक्तिगत्, पारिवारिक एवम्  सामुदायिक रुपमै अत्यन्त महत्वपुर्ण हुन्छ । 

डेनियल

जुनै पनि बेला यदी हामी कुनै समस्याको समाधान खोज्छौभने त्यो समस्याको कारक तत्त्वलाई गहिराइमा बुझ्न आवश्यक हुन्छ । सर्वप्रथम त व्यक्तिमा मनोवैज्ञानीक त्रासको सिर्जना कसरी हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ । मानव मनोविज्ञानको एउटा महत्त्वपुर्ण पाटो हो ‘डेनिअल’ यानिकी अस्विकार । हजारौ कारणले तत्काल अथवा केहि क्षणमा तपाईँहामीमा ठुलो घटना घट्न सक्छ । तर हामी आहिले भने सम्यम छौ, तपाईँको मस्तिष्क शान्त छ । तपाईँ धैर्यता पुर्वक यो लेखलाई पढि पनि रहनुभएको छ । किनभने यस्ता घातक कारकहरुलाई हाम्रो मस्तिष्कले अस्विकार गर्छ । तसर्थ हरेक मानव मस्तिष्कमा सम्भावित दुर्घटनालाई अस्विकार गर्ने क्षमताको अभिबृद्धी गर्नु नै मनोवैज्ञानीक त्रासलाई उन्मुलन गर्ने आधारभुत आधर हो ।

प्रविधिको समुचित प्रयोग                       

अब यस्तो सन्त्रासलाई मस्तिष्कले अस्विकार गर्ने बनाउन हामी विद्यार्थीले कस्तो भूमिका खेल्न सक्छौ त भन्ने विषयमा छलफल गरौँ । हामी कुनै पनि परिवारमा हेर्ने हो भने, त्यहाँ विद्यार्थी नै प्रविधिसँग सबैभन्दा नाजिक हुन्छन । शिक्षित त हामी विद्यार्थी छौँ नै, तर प्रबिधिको सही सदुपयोग गर्न पनि हामीले जन्नुपर्छ । कोरोना महामारिसँग समबन्धित सही सुचना सम्प्रेषण र आदानप्रदानमा हाम्रो भूमिका अत्यन्तै महत्वपुर्ण हुन्छ । जताततै कोरोना  भाईरसको   विषयमा अतिरन्जित खबरहरु आइरहँदा यसको सच्चा अस्तित्वबारे सबैलाई बुझाउनु हाम्रो कर्तव्य हो । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क  अनुसार विश्वमा ४% मृत्युदर रहेको यस रोगको नेपालमा केबल ०.६% मात्र छ । कोरोनाका कारण आहिले बिश्वमा औशत प्रतिदिन मृत्युदर करिब ७ हजार छ भने मुटुरोगका कारण प्रतिदिन विश्वमा करिब ४९ हजारले ज्यान गुमाइरहेका छन । तसर्थ एक विद्यार्थी भएको हिसाबले म कोरोनाको त्रास मा बस्नुभन्दा नियमित व्यायाम र उचित खानपान गरी आफ्नो मुटुलाई सुरक्षित राख्न बुद्धिमानी हुन्छ भन्ने व्यक्तिगत धारणा राख्न चाहन्छु ।

६ क    

जब हामी समाजिक संजालमा कुनै पनि सूचना भेट्छौँ, त्यसलाई स्विकार्न वा अरुसमक्ष पेस गर्नु भन्दा पहिला हामीले ‘६’क मा ध्यान दिनुपर्ने जरुरी हुन्छ । त्यो सुचना के हो, कसले बनायो, कहिले बनायो, कहाँ बनायो, किन बनायो र कसरी बनायो भन्ने कुरामा ख्याल गर्नुपर्छ । यस्तो विषम परिस्थितिमा महामारि, यानिकी ‘पन्डेमिक’ (Pandemic) भन्दापनी गलत सुचनाको प्रवाह यानिकी ‘इन्फोडेमिक्’ (Infodemic) बढी घातक हुन सक्छ । उदाहरणका लागि ईरानमा कोरोनालाई मेथानोल (Methanol) ले निको पार्छ भन्ने गलत सुचनाका कारण करिब ४०० जनाले ज्यान गुमाउनुपरेको थियो । तसर्थ विद्यार्थीको हिसाबले आफुपनि प्रबिधिको सही सदुपयोग गर्नुपर्छ र अरुलाई पनि सही सदुपयोग गर्ने प्रेरणा दिनुपर्छ भन्ने मेरो मुख्य जोड हो । 

अन्य भूमिकाहरु

यसका अतिरिक्त हाम्रा अरुपनि धेरै भूमिकाहरु हुन्छन । शिक्षित भइनसकेको हाम्रो नेपाली परिवारमा हामी विद्यार्थीका कुरालाई पढेलेखेको भनेर निकै चासोका साथ सुनिन्छ । कोरोना महामारीलाई हामी सबै मिलेर जित्न सक्छौँ भन्ने आत्मविश्वास जगाउने काम पनि हामी विद्यार्थीले गर्नुपर्छ । सुचित रहनु आवश्यक हुन्छ तर दृश्यको छाप मस्तिष्कमा बसिरहने भएकाले सकेसम्म रडियो जस्ता श्रव्य मध्यमबाट समाचार सुन्न प्रेरणा दिनुपर्छ । मास्क लगाउने, नियमित साबुन पानीले हात धुने, भौतिक दुरी कायम गर्ने, आदी जस्ता सुरक्षित रहने उपायहरु सिकाएर हामी कसैको मनोबल बढाउनसक्छौँ । तेसैगरी कोही सन्क्रमित व्यक्तिलाई हेला नगरि सबै मिलेर उसको मनोबल बढाउनुपर्छ भन्ने प्रेरणा पनि हामीले समाजमा दिन सक्छौँ ।   

कोरोना महामारिले अप्रत्यक्ष रुपमा पनि मनोवैज्ञानीक त्रास उत्पन्न गराइरहेको हुन्छ । कोही विद्यार्थी अन्लाईन पठानपठानबाट बन्चित भएर त्रसित बनेको हुनसक्छ । कोही व्यक्तिले  पारिवारिक शोषण भोग्नुपरेको हुनसक्छ भने, कसैले आफ्नो रोजगार गुमाउनुपरेको हुनसक्छ । यस्तो अवस्थामा ठुलो सहयोग गर्न नसकेपनी सहजिकरण र आवाज प्रस्फुटनका प्रभावकारी माध्यम हामी विद्यार्थी हुन सक्छौँ ।

निचोड

अन्त्यमा, मनोवैज्ञानिक त्रास हटाउन खेलिने भूमिका अत्यन्तै महत्त्वपुर्ण हुन्छन । भनिन्छ जँगार तर्न खोज्नेले खुट्टा कमाउनुहुँदैन । तसर्थ हामी विद्यार्थीले पनि आफूमा मनोवैज्ञानिक त्रास उत्पन्न हुन दिनुहुँदैन । भइहाले कसैबाट परामर्श लिनबाट हिचकिचाउनुहुँदैन । विद्यार्थी आफूले पनि जनस्वास्थ्यका न्युनतम मापदन्डहरु पुरा गर्नुपर्छ । ‘मैले भनेजस्तो गर तर मैले गरेजस्तो नगर’ भन्ने बानी हटाउनुपर्छ । आफू उदाहरणीय भएमात्र अरुलाई प्रभाव पार्न सकिन्छ ।

Share this article on:

Share on facebook
Share on twitter
Share on linkedin
Share on email
Share on whatsapp
सन्ध्या पराजुली

सन्ध्या पराजुली

सन्ध्या पराजुली नवरत्न माद्यमिक विद्यालयमा कक्षा १०मा अध्ययनरत छात्रा हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

More Interesting Blogs